२७ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ । संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ३ सय ५९ जना संक्रमण मुक्त भएका छन्