Nepal's Trusted Health Online Portal

आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १०,९९४

Get real time updates directly on you device, subscribe now.

२८ मंसिर, काठमाडौँ । आइतबार नेपालमा ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १८१ नमुना परीक्षण गरिएकोमा ८ सय ३० जनाको रिपोर्ट पोजिटिभ आएको हो । जसमध्ये ३ सय ४८ जना काठमाडौँ उपत्यकाका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ९ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख ४८ हजार ४ सय २३ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ३५ हजार ७ सय ३१ जना अर्थात ९४.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ६ सय ९८ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.