२८ मंसिर । काठमाडौँ उपत्यकामा आइतबार थप ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १५० जना महिला र १९८ जना पुरुष रहेका छन् ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको छ । जसमध्ये ६७३ जनाको मृत्यु भएको छ भने १ लाख ९ हजार ६५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४ हजार २४५, ललितपुरमा ३५० र भक्तपुरमा ८५७ गरी ५ हजार ४५२ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ८३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सय जना संक्रमित निको भएका छन् । त्यस्तै ९ जना संक्रमितको ज्यान गएको छ ।