२८ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ । कुल संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ८३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सय जना संक्रमण मुक्त भएका छन् ।