१८ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ९६९ पीसीआर र एन्टिजेन परिक्षण गरिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १,२८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये २ लाख २ हजार ३२ अर्थात ८५.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ३ हजार २९८ जनाको मृत्यु भइसकेकोे छ ।