८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३५७ पीसीआर र ७४८ एन्टिजेन परिक्षण गरिएकोमा ८ हजार ९८० जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
गत २४ घण्टा यता देशभर १२९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार मृतक संख्या केही घटेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ अर्थात ७५.८ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ६ हजार १५३ जनाको मृत्यु भइसकेकोे छ ।