Nepal's Trusted Health Online Portal

थप ६ हजार ९५१ जनामा कोरोना पुष्टि, ९ हजार ८४१ संक्रमणमुक्त

Get real time updates directly on you device, subscribe now.

१४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३१३ पीसीआर विधी र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९५१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा केही दिन यता नयाँ संक्रमित भन्दा निको हुनेको दर बढ्दै गएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ४७० अर्थात ७८.१ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

अब देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टाभित्र देशभर ९६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अघिल्ला दिनहरुको तुलनामा मृतकको संख्या पनि त्रमशः घट्दै गएको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.