Nepal's Trusted Health Online Portal

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

Get real time updates directly on you device, subscribe now.

१४ जेठ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभरी ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ९ हजार ८४१ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ५ लाख ४९ हजार १११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४ लाख २८ हजार ६७० अर्थात ७८.१ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.