Nepal's Trusted Health Online Portal

थप ६,६५३ जनालाई कोरोना संक्रमण, ८ हजार बढी निको भए

Get real time updates directly on you device, subscribe now.

२१ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार १८२ आरटी पीसीआर विधी र ६ हजार ६३१ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ६५३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ७६ हजार १३० अर्थात ८१.९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

अब देशभर ९७ हजार ६९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टाभित्र देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ पुगेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.