२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार ५१७ आरटी पीसीआर विधी र ४ हजार ८८९ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख २८ हजार ९४२ पुगेको छ । जसमध्ये ३९.०७ प्रतिशत महिला र ६०.९३ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ । संक्रमितमध्ये ८७.३ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ४६ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४१२ पुगेकोे छ ।