Nepal's Trusted Health Online Portal

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, किताब पसल र हार्डवेयर पसल खुल्ने

Get real time updates directly on you device, subscribe now.

३० जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण उल्लेख्य नघटेको भन्दै निषेधाज्ञाको अवधी थपिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै असार ७ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

यसपटक बिहान ११ बजे सम्मका लागि किताब पसललाई स्वास्थ्य मापदण्डको पालना गरी खोल्न दिने निर्णय गरिएको छ । शैक्षिक सत्र सुरु हुनै लागेकाले पुस्तक पसल खोल्न दिन लागिएको हो ।

यसअघि बिहान ९ बजेसम्म खुल्दै आएको खाद्य पसल र डिपार्टमेन्ट स्टोर पनि बिहान ११ बजे सम्म सञ्चालन हुनेछन् ।

त्यस्तै कृषि र निर्माण क्षेत्रलाई सहज गरिएको छ । इलेक्ट्रिक र हार्डवेयर पसललाई दिउँसो ४ बजे देखी खोल्न दिइनेछ ।

उपत्यकामा पछिल्लो पटक जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थपिएको थियो । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा जारी छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.