२ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ५५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ८२ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख ४३ हजार ५२१ अर्थात ८८.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।