८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १२ हजार २०४ आरटी पीसीआर विधी र ४ हजार ७०९ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ५२२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ५२ हजार १७३ पुगेको छ । संक्रमितहरुमा ३९.१८ प्रतिशत महिला र ६०.८२ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । संक्रमितमध्ये ९०.२ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८१३ पुगेकोे छ ।