Nepal's Trusted Health Online Portal

शनिबार २३८ जनालाई कोरोना संक्रमण, ५ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३८ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १७ हजार ९७९ पुगेको छ ।

गत २४ घण्टामा ५ हजार २९५ आरटी पीसीआर विधी र १ हजार ५०२ एन्टिजेन गरी जम्मा ६ हजार ७९७ नमुना परीक्षण गरिएकोमा २३८ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४० पुगेकोे छ ।

मन्त्रालयका अनुसार शनिबार ३९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख ४ हजार १०८ छ । संक्रमितमध्ये ९७.८ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

अब देशभर ६ हजार ७४४ जना सक्रिय संक्रमित छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.