११ माघ, काठमाडौं । नेपालका १५ जिल्लाहरुमा कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका १५ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार प्रदेश नं १ का मोरङ, सुनसरी र झापा, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० बढी छ ।
त्यस्तै गण्डकी प्रदेशका कास्की र नवलपरासी पुर्व, लुुम्बिनी प्रदेशका बाँके र रुपन्देही तथा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० बढी छ ।