११ माघ, काठमाडौँ । मंगलबार देशभर २८९ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ४४ जना भेन्टिलेटर र २४५ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ६ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा १ जना र लुम्बिनी प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै प्रदेश नं १ मा २६ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा १६२ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनीमा प्रदेशमा २१ ज्ना, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा २ जना आई.सी.यु.मा उपचारत छन् ।
पछिल्लो २४ घण्टामा देशभरी १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ ४० जना संक्रमित निको भएका छन् भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।