१५ माघ, काठमाडौँ । शनिबार देशभर ३३३ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४७ जना भेन्टिलेटर र २८६ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ४ जना, मधेश प्रदेशमा १, बागमती प्रदेशमा ३७ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै प्रदेश नं १ मा ३४ जना, मधेश प्रदेशमा १७ जना, बागमती प्रदेशमा १९८ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनीमा प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ५ जना आई.सी.यु.मा उपचारत छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ९२४ जना संक्रमित निको भएका छन् भने ६ जना संक्रमितको मृत्यु भएको छ ।