Nepal's Trusted Health Online Portal

नयाँ ३ हजार १७५ कोरोना संक्रमित थपिए, ८ हजार ७२३ निको भए

Get real time updates directly on you device, subscribe now.

२० माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार १७५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ८ हजार ७२३ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २६ आरटी पीसीआर विधी र २ हजार ५७९ एन्टिजेन गरी जम्मा १२ हजार ६०५ नमुना परीक्षण गरिएकोमा ३ हजार १७५ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ९५ हजार ६३ पुगेको छ । संक्रमितमध्ये ८ लाख ८७ हजार ४४३ केस संक्रमणमुक्त भएको छ । अब देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.