Nepal's Trusted Health Online Portal

थप ६३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १८ हजार २५१

Get real time updates directly on you device, subscribe now.

४ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६३९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ८३५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ७८२ आरटी पीसीआर विधी र २ हजार ९७४ एन्टिजेन गरी जम्मा ९ हजार ७५६ नमुना परीक्षण गरिएकोमा ६३९ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १२ हजार ५९९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ४४ हजार ३३७ केस संक्रमणमुक्त भएको छ । अब देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९६.९ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.