Nepal's Trusted Health Online Portal

वैदेशिक रोजगारीमा जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क हुने

Get real time updates directly on you device, subscribe now.

१४ फागुन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय मार्फत पीसीआर परीक्षण निशुल्क गरिने व्यवस्था गरेको हो ।

अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निशुल्क हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका थिए ।

हालसम्म सरकारी प्रयोगशालामा वैदेशिक यात्रा प्रयोजनका लागि पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नु पर्छ ।

वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गरी पीसीआर परीक्षण निशुल्क गर्न सकिनेछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.