Nepal's Trusted Health Online Portal

शुक्रबार थप १२६ जनामा कोरोना संक्रमण, ३८५ निको भए

Get real time updates directly on you device, subscribe now.

२० फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १२६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३८५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९१ आरटी पीसीआर विधि र १ हजार ८४२ एन्टिजेन गरी जम्मा ८ हजार ९३३ नमुना परीक्षण गरिएकोमा १२६ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १६ हजार ९४९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५८ हजार १९३ केस संक्रमणमुक्त भएको छ । अब देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९४५ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९८.० प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.