२१ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ९१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३६२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६६२ आरटी पीसीआर विधि र ३ हजार ५५८ एन्टिजेन गरी जम्मा ६ हजार २२० नमुना परीक्षण गरिएकोमा ९१ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार ४० पुगेको छ । संक्रमितमध्ये ९ लाख ५८ हजार ५५५ केस संक्रमणमुक्त भएको छ । अब देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४५ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितमध्ये ९८.१ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।