२७ फागुन, काठमाडौं । सरकारले ५० वर्ष माथिका नागरिकहरुको मिर्गौला, मुटु, कलेजो लगायतका रोगहरुको परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० वर्ष भन्दा माथिको उमेर समुहका सबै नागरिकको मिर्गौला, मुटु, कलेजो लगायतको वर्षमा एकपटक परीक्षण गरिने निर्णय गरेको हो ।
साथै ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सो अस्पताल निर्माणका लागि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले अंगदान गर्ने निर्णय गरेका छन् ।
स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गरेका थिए ।