६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५६९ नमुना परीक्षण गर्दा ४५६ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १६८ आरटी पीसीआर गर्दा ३८४ र १ हजार ६७० एन्टिजेन विधीबाट परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८० जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८३ हजार १०३ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार ३०८ केस संक्रमणमुक्त भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर २ हजार ८४१ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।