७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ९९६ नमुना परीक्षण गर्दा ३३५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८८ आरटी पीसीआर गर्दा २१६ र १ हजार ९०८ एन्टिजेन विधीबाट परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८६ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८३ हजार ३१९ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार ४४८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार ३९४ केस संक्रमणमुक्त भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर २ हजार ९७१ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।