Nepal's Trusted Health Online Portal

बिहीबार एकैदिन ७१० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४ हजार नाघे

Get real time updates directly on you device, subscribe now.

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५४१ आरटी पीसीआर गर्दा ५२४ र २ हजार ४८४ एन्टिजेन विधीबाट परीक्षण गर्दा १८६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २१५ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८५ हजार ४१७ र एन्टिजेन विधीबाट १ लाख ४२ हजार १७७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६९ हजार २१९ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ४ हजार २३६ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.