Nepal's Trusted Health Online Portal

शनिबार थपिए ४३८ नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमित ४ हजार ३६९

Get real time updates directly on you device, subscribe now.

१४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ६९९ नमुना परीक्षण गर्दा ४३८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७७९ आरटी पीसीआर गर्दा २९२ र १ हजार ९२० एन्टिजेन विधीबाट परीक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २७७ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८६ हजार १०० र एन्टिजेन विधीबाट १ लाख ४२ हजार ५०९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६९ हजार ७६५ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ४ हजार ३६९ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.