Nepal's Trusted Health Online Portal

मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा

Get real time updates directly on you device, subscribe now.

 

२० साउन, स्वास्थ्य पोष्ट् । मंकीपक्सको बिरामी तीब्र रुपमा बढ्न थालेपछि अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

अमेरिकामा हालसम्म ६ हजार ६ सय जनामा मकींपक्सको संक्रमण भएको छ । राष्ट्रिय संकटकाल घोषणा गरिनु अघि विभिन्न राज्य तथा सहरहरुमा संकटकाल घोषणा गरिएको थियो ।

यसअघि न्युयोर्क, सान फ्रान्सिस्को, क्यालिफोर्निया, इलिनोइसलगायतका केही सहर तथा राज्यहरुले जनस्वास्थ्य संकटकाल घोषणा गरेपछि बाइडेन प्रशासनलाई जनस्वास्थ्य संकटकाल घोषणा गरी प्रकोप विरुद्ध कदम चाल्न दवाव परेको थियो ।

स्वास्थ्य र मानवीय सेवा विभागसँगको छलफल पछि अमेरिकी सरकारले राष्ट्रिय संकटकालको घोषणा गरेको हो । यसअघि प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन प्रशासनको आलोचना बढीरहेको थियो ।

अमेरिकामा मे महिनाको मध्यमा पहिलो पटक मंकीपक्सको संक्रमण पत्ता लागेको थियो । अमेरिकाको मोन्टाना र वायेमिङबाहेकका सबै राज्यमा मंकीपक्सको संक्रमण पहिचान भइसकेको छ ।

विश्वस्वास्थ्य संगठनले गत महिना मंकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य संकटकाल भएको घोषणा गरेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.