Nepal's Trusted Health Online Portal

भारतमा पत्ता लाग्यो नयाँ रक्तसमूह, ‘सीआरआइबी’ नाम दिइयो

Get real time updates directly on you device, subscribe now.

१८ साउन, काठमाडौं । भारतमा नयाँ रक्त समूह पत्ता लागेको छ । उक्त नयाँ रक्तसमूह बेंगलुरुकी एक ३८ वर्षीया महिलामा पत्ता लागेको बीबीसी हिन्दीले जनाएको छ ।
बीबीसीका अनुसार उक्त रक्तसमूहलाई सीआरआइबी (CRIB) नाम दिइएको छ ।

‘सीआरआइबी’को ‘सी’ ले क्रोमर (Cromer अर्थात CH) भन्ने अर्थ दिन्छ । जुन ४७ ओटा मान्य रक्तसमूह प्रणालीमध्येको एक हो । ‘आई’ ले इन्डिया र ‘बी’ ले बेंगलुरु जनाउँछ ।

यो रक्त समुह यति दुर्लभ छ कि ३८ वर्षीया ती महिलाको मुटुको शल्यक्रिया गर्दा डाक्टरहरुले रगत चढाउनु पर्ने सम्भावनाको तयारी स्वरुप राखिने १–२ पिन्ट रगत समेत सुरक्षित नराख्ने निर्णय गरे । कारण थियो –डाक्टरहरुले ती महिलाको रक्त समुह पत्ता लगाउन सकेका थिएनन् ।

यस घटनाको ११ महिनापछि, डा.अंकित माथुरले शल्यक्रियाको दिन सम्झँदै राहतको सास फेर्छन । किनभने त्यो शल्यक्रिया कुनैपनि अतिरिक्त रक्तक्षेपण (रगत नचढाई) बिना नै सफलतापूर्वक सम्पन्न भयो ।

डा.अंकित माथुर बेंगलुरुको रोटरी-टीटीके ब्लड सेन्टरका अतिरिक्त मेडिकल निर्देशक हुन् । उनी कोलारको आरएल जलप्पा अस्पतालका चिकित्सकहरुको मुख्य सम्पर्क व्यक्ति थिए । मुटुको समस्याका कारण महिलालाई यही अस्पतालमा शल्यक्रिया गर्न सल्लाह दिइएको थियो ।

डा. अकिंतले बीबीसीलाई भने, महिलाको रगत समूह अन्य कुनै पनि सगत समूहसँग मेल खाँदैनथ्यो । हामीलाई यसलाई अन्य रगत समूहसँग मिसाएर परीक्षण ग¥यौं तर यसले हरेक पटक प्रतिक्रिया गरिरहेको थियो ।

उनले भने, यसपछि हामीले उनको परिवार भित्र खोज्न थाल्यौं । हामीले परिवारका २० जना सदस्यहरुको रगतको नमूना लियौं । सबैले हामीलाई सहयोग गरे । तैपनि, कसैको रगत उनको रगतसँग मेल खाएन ।

यसपछि, अर्को विकल्प भनेकोे रगतको नमूना बेलायतको ब्रिस्टलमा रहेको अन्तरर्राष्ट्रिय रक्त समूह सन्दर्भ प्रयोगशाला (IBRGL) मा पठाउनु थियो ।

यो त्यही प्रयोगशाला हो जहाँ विश्वभरबाट रगतका नमूनाहरु अन्य रक्त समूहहरुसँग मेल खान्छ कि भनेर जाँच गर्न पठाइन्छ । यो दक्षिण भारतका विभिन्न भागहरुबाट रगतका नमूनाहरु बेंगलुरुको रोटरी–टीटीके रक्त केन्द्र र उत्तर भारतको चण्डीगढको पीजीआईमा पठाए जस्तै हो ।

डा.अकिंतले भने, यसको पूर्ण विश्लेषण गर्न उनीहरुलाई १० महिना लाग्यो । फेब्रुअरी–मार्चमा उनीहरुले बिरामीको रगतमा एक अद्वितीय एन्टिजेन रहेको जवाफ पठाए । यसपछि, यो जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (ISBT) लाई पठाइएको थियो । यहाँ रातो रक्त कोशिका इम्युनोजेनेटिक्स र टर्मिनोलोजी समूहका विशेषज्ञहरु छन् । उनीहरुले सीआरआइबी (CRIB) नामलाई अनुमोदन गरे ।

यस वर्ष जुनमा इटालीको मिलानमा आयोजित ३५औं आइएसबीटी सम्मेलनमा यसको आधिकारिक घोषणा गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.