Nepal's Trusted Health Online Portal

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

चितवन, ३ भदौः जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।    
     
जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उहाँले जानकारी दिँदै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ ।    
     
अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् । रासस   

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.