२९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र विस्तार कार्य अगाडी बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलमा सातैप्रदेशका प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणको योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
गम्भिर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्थाको सुनिश्चित गर्न संघ, प्रदेश र स्वास्थ्य संस्थाबिच प्रभावकारी समन्वय हुनु पर्नेमा प्रधानमन्त्रीको जोड थियो ।
साथै प्रधानमन्त्री शाहले एउटा संस्थाले विकास गरेका उत्कृष्ट तथा असल अभ्यासको अन्य संस्थालेसमेत अनुसरण गर्नु पर्ने बताएका छन् ।
उनले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालको ओपिडी सेवामा कम्तीमा दश प्रतिशत सेवा सहुलियतपूर्ण रुपमा उपलब्ध गराउने व्यवस्थाको पनि प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।
सोमबार प्रधानमन्त्रीसँगको छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.नवीनमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.नारायण सिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए ।
Comments are closed, but trackbacks and pingbacks are open.