Nepal's Trusted Health Online Portal

३७ हजार ७६५ जना आइसोलेसन र २ हजार ३८६ जना क्वारेन्टिनमा

Get real time updates directly on you device, subscribe now.

१६ कार्तिक, काठमाडौँ । आइतबार देशभर ६ हजार ७ सय ७९ जना संस्थागत आइसोलेसनमा, ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा र २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ११ जना, प्रदेश नं. २ मा २९ जना, बागमति प्रदेशमा ५ हजार ३ सय ८४ जना, गण्डकी प्रदेशमा १ हजार ३१ जना, लुम्बिनी प्रदेशमा २ सय ८ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिम प्रदेशमा ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै प्रदेश नं. १ मा ६ हजार ३ सय २२ जना, प्रदेश नं. २ मा १ हजार ७० जना, बागमति प्रदेशमा १७ हजार ८ सय ३४ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ५९ जना, लुम्बिनी प्रदेशमा ३ हजार ६६ जना, कर्णाली प्रदेशमा ४ सय ७० जना र सुदूरपश्चिम प्रदेशमा ८ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ५६ जना, प्रदेश नं. २ मा ६० जना, बागमति प्रदेशमा २ सय ६६ जना, गण्डकी प्रदेशमा ५ सय ३१ जना, लुम्बिनी प्रदेशमा १ हजार १ सय ३० जना, कर्णाली प्रदेशमा ७५ जना र सुदूरपश्चिम प्रदेशमा २ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् ।

गत २४ घण्टामा देशभरी २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ६ सय २० जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.