Nepal's Trusted Health Online Portal

३९ हजार ६ सय ४३ जना आइसोलेसनमा

Get real time updates directly on you device, subscribe now.

१२ कार्तिक, काठमाडौँ । बुधबार देशभर ७ हजार ७ सय ९ जना संस्थागत आइसोलेसनमा र ३१ हजार ९ सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ५ सय ७९ जना, प्रदेश नं. २ मा १ सय ६२ जना, बागमति प्रदेशमा ५ हजार ६ सय ४ जना, गण्डकी प्रदेशमा ८ सय ९९ जना, लुम्बिनी प्रदेशमा १ सय ७९ जना, कर्णाली प्रदेशमा २ सय ५८ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै प्रदेश नं. १ मा ६ हजार ८९ जना, प्रदेश नं. २ मा ९ सय ७६ जना, बागमति प्रदेशमा १७ हजार ९ सय ७७ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय २६ जना, लुम्बिनी प्रदेशमा ३ हजार ८ सय ४२ जना, कर्णाली प्रदेशमा ५ सय १५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय १९ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ९ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.