१२ कार्तिक, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा गर्दै आएको कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र गर्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार र बुधबार साविकको समय अपरान्ह ४.१५ बजे र अन्य दिनको डाटा अपलोड हरेक दिन ४.३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक, ट्वीटर र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेसनमा अपलोड गरिने भएको छ ।
कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङको तालिका परिवर्तन भएको जानकारी प्रवक्ता गौतमले आजको प्रेस ब्रिफिङमा बताएका छन् ।