Nepal's Trusted Health Online Portal

३६२ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

Get real time updates directly on you device, subscribe now.

१२ कार्तिक, काठमाडौँ । बुधबार देशभर ७२ जना कोरोना संक्रमितको भेन्टिलेटर र २९० जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३१ जना, प्रदेश नं. २ मा १३ जना, बागमति प्रदेशमा १७८ जना, गण्डकी प्रदेशमा १५ जना, लुम्बिनी प्रदेशमा ४४ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना आई.सी.यु.मा उपचाररत छन् ।

प्रदेश नं. १ मा ७ जना, प्रदेश नं. २ मा २ जना, बागमति प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ जना र लुम्बिनी प्रदेशमा ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ९ सय ८१ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.