Nepal's Trusted Health Online Portal

थप ४ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या ९५ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२९ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कारण थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९५ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार महोत्तरी मटिह्यानी नगरपालिका–६ का ४५ बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २५ गते राती १ः१५ बजे रामजानकी अस्पतालमा मृत्यु भएको हो । उनी क्षयरोग तथा मधुमेहबाट ग्रसित थिए ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरका ८५ बर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको साउन २८ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

अछामको रामरोषण गाउँपालिका–५ का १८ बर्षीय युवककोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन २८ गते पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो । उनी मुटुको रोगी थिए ।

मोरङको विराटनगर महानगरपालिका–३ का ५७ बर्षीय पुरुषकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनको साउन २८ गते कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.