Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकाभित्र बिहीबार थप १२७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार १२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मुलुकभरी ५२५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका १३ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका २ जना, कीटजन्य रोग अनुसन्धान केन्द्र प्रयोगशाला हेटौँडामा काठमाडौंका १ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंमा ४ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ३ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ४८ र ललितपुुुरका १ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका १९ र ललितपुरका ७ जनाको पनि पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।

विद ल्याब काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका ४ जना, सुर्या हेल्थ सेन्टर लाजिम्पाटको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना, ह्याम्स अस्पतालको प्रयोगशालामा काठमाडौँका ९ र ललितपुरका १ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका ४ र काठमाडौँका ७ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार ५९५ जना पुगेका छन् । काठमाडौँमा १ हजार २७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.