३० साउन, काठमाडौं । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । अब नेपालमा ८ हजार ३७९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २४० जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ७७ जना अर्थात ६६.८ प्रतिशत निको भएका छन् ।
त्यस्तै विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल १४ हजार ६३८ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा गरी ४ वटा जिल्ला संक्रमण मुक्त छन् ।