३० साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार ११९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार मुलुकभरी ५९४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा भक्तपुरका ३, काठमाडौँका २३ र ललितपुरका १ जना, पाटन अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका ४ र ललितपुरका २६ जना, बीएण्डबी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १६ र ललितपुरका ३ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १३ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका २ र काठमाडौँका ६ जना, ह्याम्स अस्पतालको प्रयोगशालामा काठमाडौँका १० जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ७ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार ७१४ जना पुगेका छन् । काठमाडौँमा १ हजार ३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।