२९ साउन, काठमाडौं । नेपालमा बिहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । अब नेपालमा ८ हजार २५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १०९ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ६७.५ प्रतिशत निको भएका हुन् । त्यस्तै विगत २४ घण्टामा ९ हजार ८५९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् भने संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ५ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।