२८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार १३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ जना गरी १३८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मुलुकभरी ४८४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १ र काठमाडौँका २९ जना, पाटन अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका ११ र ललितपुरका १४ जना, वीर अस्पतालको प्रयोगशालामा भक्तपुरका र काठमाडौँका २/२ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका ११ र ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका २२ र ललितपुुुरका २ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, काठमाडौँका ९ र ललितपुरका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
विद ल्याब काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका ५ र ललितपुरका २ जना, ह्याम्स अस्पताल काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १ र काठमाडौँका ८ जना, वीरेन्द्र अस्पताल छाउनीको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका २ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित १ हजार ४६८ जना पुगेका छन् । काठमाडौँमा १ हजार १६७, ललितपुरमा १८० र भक्तपुरमा १०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।