२८ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने ७८ बर्षीय महिलाकोे मृत्यु भएको छ । उनको साउन २८ गते राती १ः१५ बजे किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।
त्यस्तै धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१४ का ३२ बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–१ का ७१ बर्षीय पुरुषकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन २८ गते मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
धनुषाकै जनकपुर उपमहानगरपालिका–८ की ३८ बर्षीय महिलाकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन २८ गते बिहान १ः०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
त्यस्तै कोभिड–१९ बाट सप्तरी जिल्ला डाक्रेश्वरी नगरपालिका–८ घर भई राजविराज नगरपालिका–६ सिराहा नगर बस्दै आएका ७२ बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २७ गते राती मृत्यु भएको हो ।
मोरङ बुढीगंगा गाउँपालिका–२ गंगाचोक का ५५ बर्षीय पुरुषकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन २८ गते बिहान वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ बर्षीय पुरुषकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन २८ गते बिहान ४ः२५ बजे बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै बारा कलहैया उपमहानगरपालिकाका ७५ बर्षीय पुरुषकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन २८ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।
नेपालमा हालसम्म २४ हजार ४३२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १६ हजार ७२८ जना संक्रमण मुक्त भएका छन् ।