Nepal's Trusted Health Online Portal

बुधबार ४८४ कोरोना संक्रमित थपिए, ६४ निको भए

Get real time updates directly on you device, subscribe now.

२८ साउन, काठमाडौं । नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । अब नेपालमा ७ हजार ६१३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् भने सोलुखुम्वु, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ६ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

१० हजार ४८१ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ४८४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ४ लाख ८३ हजार ६४१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

१४ हजार ८४६ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेका छन् । देशका विभिन्न भागमा विशेष गरी देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना हुने हुँदा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ ।

६४ जना निको भए
पछिल्लो २४ घण्टामा ६४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १६ हजार ७२८ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । हालसम्म ६८.४ प्रतिशत निको भएका हुन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.