१८ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट बिहीबार थप ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार चितवनकी ४० वर्षीया एक महिला, भक्तपुरकी ४० वर्षीय एक महिला, तनहुँकी ९२ वर्षीय एक महिला र रुपन्देहीकी ७७ वर्षीया एक महिला गरी जम्मा ४ जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै सिन्धुपाल्चोकका ७७ वर्षीय एक पुरुष र रुपन्देहीका ६५ वर्षीय एक पुरुष गरी जम्मा २ जना पुरुष पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।