Nepal's Trusted Health Online Portal

बिहीबार थप १२२८ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१८ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ९४ महिला र ८ सय ३४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । नेपालमा हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार १७ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २४ हजार २ सय ७ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ६ सय ७१ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ७ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् ।

हाल १४१ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।

गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये ४ जना महिला र २ जना पुरुष रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.