१८ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ३९ पुगेको छ । बिहीबार मुलुकभरी १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९ सय १७ जना संक्रमित निको भएका छन् ।