१५ भदौ । नोभेल कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट एक हेल्थ असिस्टेन्ट्को मृत्यु भएको हो ।
महोत्तरी मनरा सिश्वा नगरपालिका वडा नं ४ का ३५ वर्षीय ती स्वास्थ्यकर्मीको गत भदौ १० गते नै मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई भदौ १० गते काठमाडौं लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
मृत्यु पश्चात स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजिटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
एक निजि स्वास्थ्य संस्थामा कार्यरत मृतक स्वास्थ्यकर्मी औषधि व्यवसायी समेत रहेको खुलेको छ ।