१५ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट सोमबार थप ७ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरुमा ३ जना महिला र ४ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।
त्यस्तै झापाका ८६ वर्षीय एक पुरुष, रौतहटका ४० वर्षीय एक पुरुष, चितवनका ७८ वर्षीय एक पुरुष र भक्तपुरका ७७ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।