१५ भदौ । काठमाडौँ उपत्यकामा सोमबार २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २५ पुगेको छ । सोमबार मुलुकभरी ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय ८८ जना संक्रमित निको भएका छन् ।