१५ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३ महिला र ५ सय ९६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३९ हजार ४ सय ६० पुगेको छ । नेपालमा हाल १७ हजार ८ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।
११ हजार १२९ जनाको पिसिआर परीक्षण
विगत २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर परीक्षण भएको छ ।
५८८ जना निको भए
पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २१ हजार ४ सय १० जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५४% रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
७ हजार ३३७ जना क्वारेन्टाइनमा
हाल ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ७ सय १ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार १ सय २१ जना होम आइसोलेसनमा रहेका छन् ।
१३२ आइसियुमा १६ जना भेन्टिलेटरमा
हाल १३२ जना आइसियुमा उपचाररत रहेका छन् । त्यस्तै १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
१२ जिल्लामा पाँच सय बढी संक्रमित
मन्त्रालयका अनुुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, ललितपुर, काठमाडौं, चितवन र रुपन्देही गरी १२ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।